आठबिस नगरपालिका ‘सिप पनि सिकाउदै, ‘उद्यमी पनि बढाउदै”


दैलेख । दैलेखको आठबिस नगरपालिकाले पालिका भित्रका यूवाहरूलाई सिप सिकाउदै नयाँ उद्यमी सृजना गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

युवाहरूलाई आफ्नै ठाउमा स्वरोजगार बनाउने उदेश्यले पालिकाले यो आर्थिक बर्ष २०७८÷०७९ मा करिब ८८ जना यूवाहरूलाई छोटो तथा लामो अबधिका सिपमुलक तालिम प्रदान गरेको छ ।

गरिवी निवारणका लागी लद्यु उद्यम बिकास कार्यक्रम (मेडपा) अन्र्तगत यो आर्थिक बर्षमा नगरपालिका भित्रका ८८ युवाहरूलाई सिपमुलक तालिम दिएर उद्यमी बन्न सघाउ पु¥याएको आठबिस नगरपालिका उद्योग तथा व्यवसाय प्रर्वधन उप–शाखा प्रमुख दिनेश बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिका भित्रका आर्थिक हिसावले विपन्न, गरिवीको रेखामुनी रहेका, दलीत, जनजाती, अपाङ्ग, लगाएतलाई छनौट गरि बिभिन्न सिपमुलक तालिम प्रदान गरिएको हो ।

पालिकाले यो आर्थिक बर्षमा ८५ जना नयाँ उद्यमी श्रृजना गर्ने लक्ष्य राखेको भएपनि उक्त सङ्ख्यालाई बढाएर ८८ जनालाई बिभिन्न तालिममा समाबेश गराई उद्यमी सृजना गरेर स्वरोजगार बनाउन लागिएको बिकको भनाई छ ।

जस अन्र्तरगत पालिकाको वडा नम्बर १, २, ३ , ४ र ७ मा ५१ जनालाई दालमोट उत्पादन सम्बन्धी ७ दिने तालिम प्रदान गरी आवश्यक औजारहरू समेत हस्तान्तरण गरिएको छ ।

वडा नम्बर २ का १० जनालाई चाउमिन उद्योग सञ्चालन सम्बन्धी तालीम सहित आवश्यक औजारहरू समेत प्रदान गरिएको पालिकाले जनाएको छ ।


प्रकाशित : २०७८ चैत्र १०, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित