दैलेखको राकम कर्णालीमा -याफ्टिङ सेवा सूरु


दैलेख । दैलेखको आठबिस नगरपालीका वडा नम्बर ४ राकम कर्णालीमा-याफ्टिङ सेवा सञ्चालनमा आएको छ । पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले राकम कर्णाली याफ्टिङ फर्मले आठबीस नगरपालिका संगको सहकार्यमा -याफ्टिङ सेवा संचालनमा ल्याएको फर्मका अध्यक्ष धन बहादूर माझीले बताउनुभयो ।

उहाँका अनुसार राकम कर्णालीमा गत बर्ष बैशाखदेखी नै -याफ्टिङ सेवा सूरु गरिएको भएपनि बिबिध समस्याका कारण सञ्चालन हुन सकेको थिएन । तर अहिले प्रर्यटन प्रवद्धनका लागि कर्णाली प्रदेश सरकारको १४ लाख अनुदान र आठबिस नगरपालिकाको ३ लाग गरी १७ लाख लगानीमा-याफ्टिङ सेवा सञ्चालनमा ल्याईएको हो ।

अरु समयमा कर्णालीको बहाव बढ्ने भएका कारण -याफ्टिङ सञ्चालनमा समस्या हुदै आएपनि बिशेषगरी फागुन, चैत, बैशाख र जेठ महिनामा भने सहजै रुपमा ¥याफ्टिङ सञ्चालन गर्न सकिने -याफ्टिङ सञ्चालनका रिभर गाईड प्रेम बहादूर माझीले बताउनुभयो ।

उहाँका अनुसार हाल आठबिस नगरपालीका वडा नम्बर ४ को राकम कर्णाली स्थित खिड्डी जिउलाबाट साईगाँउसम्म करिब १० किलोमिटर र खिड्गीज्यूलाबाट असाराघाट सम्म करीब ३० किलोमिटरको दुरीमा -याफ्टिङगर्न सकिने छ ।

कर्णाली नदिमा -याफ्टिङ सेव सुरु भएसंगै आठबीस नगरपालिकामा पर्यटन प्रबद्धनमा समेत टेवा पुग्ने आठबिस नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताउनुभयो ।

कर्णाली प्रदेशकै प्रमुख प्रर्यटकीय क्षेत्र रारा जाने बाटो राकमकर्णालीबाटै भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई एक पटक राकममा -याफ्टिङ गरेर जान प्रमुख प्रसासकिय अधिकृत शाहीले आग्रह गर्नुभएको छ ।


प्रकाशित : २०७८ चैत्र १६, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित