मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु


बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा नेपाल, बंगलादेश, भारत, थाइल्याण्ड, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलकाका कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनको शुभारम्भ गर्दै वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको बताउँदै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली कलालाई जोडेको बताए । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु बंगलादेशी कलाकारका लागि खुसीको कुरा भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिने बताए ।

बंगलादेशका वरिष्ठ कलाकार मलायकुमार कुन्दु तथा लेखक तीर्थ निरौलालगायतले नेपाल र बंगलादेशको सांस्कृतिक सम्बन्धलाई कलाले जोडेको बताए । जीपी कोइराला फाउन्डेसन आर्ट एण्ड कल्चरका संयोजक रामसुन्दर यादवले फाउन्डेसनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताए । उनले १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सय बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको बताए । तीन वर्षदेखि फाउन्डेसनको सहकार्यमा कला प्रदर्शन गर्दै आएको उनको भनाइ छ । प्रदर्शनीमा बंगलादेशका ३५, भारतका १९, नेपालका दुई र विभिन्न देशका गरी ६९ कलाकाका चित्र प्रदर्शनीमा राखिएका छन् ।source


प्रकाशित : २०७९ श्रावण १, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित