काठमाडौंका आधा ठाउँमा मात्रै जग्गाको मूल्य बढ्नुका ३ कारण, किन्नेभन्दा बेच्नेलाई सास्ती !


आर्थिक वर्ष २०७९/८० का लागि जग्गाको न्यूनतम मूल्यांकन बढाउँदा जग्गा किन्नेभन्दा बेच्नेलाई सास्ती थपिएको छ ।

घरजग्गाको कारोबारमा मन्दी आउँदा अहिले क्रेताभन्दा विक्रेताको संख्या बढी छ । किन्ने मान्छे नै सीमित भएकोले उनीहरूले मूल्य बढाबढको सौदाबाजी गर्ने सम्भावना छैन । यस्तो बेलामा जग्गाको मूल्यांकन बढाउँदा बेच्ने मान्छेलाई नै अफ्ठेरो पर्ने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

काठमाडौं उपत्यकामा ४ ओटा मालपोत कार्यालयले न्यूनतम मूल्यांकन बढाएका छन् भने ४ ओटा कार्यालयले यथास्थितिमा राखेका छन् ।

कहाँ कहाँ बढ्यो मूल्यांकन ?

काठमाडौं उपत्यकामा कलंकी, साँखु, ललितपुर र भक्तपुर मालपोत कार्यालयअन्तर्गत न्यूनतम मूल्यांकन वृद्धि गरिएको छ । साउन १ गतेदेखि लागू भएको नयाँ मूल्यांकनमा साविकको भन्दा १० देखि ३० प्रतिशतले न्यूनतम मूल्यांकन बढाइएको छ ।

कलंकी मालपोत कार्यालयअन्तर्गत दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाले मात्रै जग्गाको न्यूनतम मूल्यांकन बढाएका छन् । ती पालिकाले न्यूनतम १० प्रतिशतदेखि मूल्यांकन बढाएको मालपोत कार्यालय, कलंकीका प्रमुख हरिकृष्ण सुवेदीले बताए ।

मालपोत कार्यालय, साँखु अन्तर्गत भने न्यूनतम ५ देखि अधिकतम ३० प्रतिशतसम्म मूल्यांकन बढेको सो कार्यालयका प्रमुख सुरेश आचार्यले बताए ।

मूल्य बढी भएको ठाउँमा ५ देखि १० प्रतिशत मूल्यांकन बढाइएकोमा अधिकतम मूल्य भएको ठाउँमा सोलोडोलो मूल्यांकन बढाउँदा ३० प्रतिशतसम्म पनि मूल्यांकन वृद्धि भएको उनले बताए ।

मालपोत कार्यालय, भक्तपुरअन्तर्गत पनि कम्तिमा १० देखि २० प्रतिशतसम्म मूल्यांकन बढेको छ । भक्तपुर नगरपालिकाले सोलोडोलो मूल्यांकन बढाएको र अन्य नगरपालिकाले १० प्रतिशतका दरले मूल्यांकन बढाएको मालपोत कार्यालय, भक्तपुरका प्रमुख गणेश खड्काले बताए ।

मालपोत कार्यालय डिल्लीबजार, चाबहिल, मनमैजु र टोखा अन्तर्गतका स्थानीय तहले भने न्यूनतम मूल्यांकन बढाएका छैनन् ।

मूल्यांकन नबढाउनुका ३ कारण

भूउपयोग नियमावली २०७९ कार्यान्वयको चरणमा रहेकोले अहिले न्यूनतम मूल्यांकन बढाउन उपयुक्त नदेखिएकोले धेरैजसो स्थानीय तहले मूल्यांकन नबढाएको मालपोत चाबहिलका प्रमुख उपाध्यायले बताए ।

अहिले मूल्यांकन नबढाउनुको दोस्रो कारण चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक मूल्यांकन लागू गर्ने घोषणा भएकोले पुरानो मूल्यांकन नबढाइएको हो ।

तेस्रो कारण भने देशमा आर्थिक गतिविधि कम भएको र घरजग्गाको कारोबारमा मन्दी आएकोले न्यूनतम मूल्यांकन वृद्धि नगरिएको उपाध्यायले बताए ।Sources: Abhiyan


प्रकाशित : २०७९ श्रावण ३, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित