श्रोतालाई अमेरिकाबाटै नयाँ तीज गीत


अमेरिकामा बस्दै आएकी गायिका मञ्जु रसाईलीले आफ्नो स्वरमा अमेरिकाबाटै नयाँ तीज भाका रातो साडी लाउनी हो…श्रोतामाझ ल्याएकी छिन् । यो गीतको भिडियो पनि अमेरिकाबाटै तयार गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन शहरमा यो गीतको भिडियो तयार गरेका हुन् ।

गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट अमेरिकादेखि नै रिलिज गरिएको छ । त्यहाका विभिन्न शहरमा बस्दै आएका दुई दर्जन नेपाली महिलाहरुले यो गीतमा नृत्य गरेका छन् । जसमा बारुनी पाण्डे, सन्ध्या उप्रेती, आकृति खड्का, विभू सापकोटा सहित विभिन्न महिला कलाकारहरुको नृत्य रहेको छ ।

यो गीतलाई समुन कार्कीले लेखेका हुन् । जसमा सँगीत सन्तोष श्रेष्ठको रहेको छ । गीतको बाजा र रेकर्डिङ यहीँ भए पनि आफ्नो स्वर अमेरिकाबाटै रेकर्ड गरेर नेपाल पठाई तयार गरेको गायिका मञ्जुले बताईन् । यो तीज गीतमा मन्जुलाई पवि खड्का र शशी केसीले स्वरमा साथ दिएका छन् ।

नजिकिँदै गरेको तिजलाई लक्षित गरेर आफुहरुले अमेरिकाबाट पनि नेपाली गीत सँगीत तथा कला संस्कृतिको प्रवर्धन गर्न सक्छौं भनेर यो गीतको रेकर्डिङ तथा भिडियो निर्माण अमेरिकामै गरेको निर्देशक सुमन दाहालले बताए । ल्याक्सिनटन मात्र नभएर त्यहाँका विभिन्न राज्यबाट नेपाली महिलाहरु भेला भएर यो तीज गीतमा नाच्दै छायाँकन गरिएको पनि निर्देशक दाहालले बताए । सुरेश राउतको सम्पादन रहेको यो तीज गीतको भिडियोमा अक्की शर्माको कोरियोग्राफी रहेको छ । शान दियाली र रञ्जिता रसाईलीले भिडियो निर्माण गरेका हुन् ।Source: Rajdhani


प्रकाशित : २०७९ श्रावण १२, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित