एनसीसी बैंकको २६ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा


नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी अथवा कम्पनीको नाममा  रहेको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायन अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले साउन २२ गतेसम्म  गोप्य शिलबन्दी बोलपत्रद्वारा आवेदन पेश गर्नुपर्नेछ । संस्थापक शेयरको मूल्य न्युनतम प्रतिशेयर रू. १३१ रहेको छ ।

बोलपत्र पेस गर्दा न्युनतम १००० कित्ता र अधिकतम २६ लाख ३१ हजार १३६ कित्ताका लागि आवेदन दिन सकिने छ। यस लिलामी प्रक्रियाको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ।Source: Abhiyan 


प्रकाशित : २०७९ श्रावण १५, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित