फोहोरले सिर्जना गरेका प्रश्नै प्रश्न


 

 

(प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौंका मेयर बालेन्द्र शाह, मुख्य सचिव शंकरदास वैरागी, सहरी विकासमन्त्री मेटमणि चौधरी तथा राज्यकोषबाट तलब खाएर बस्ने जिम्मेवार सबै भीआईपीलाई ???)

तिम्रा आँखा छन् कि अन्धा भयौ ? नत्र राजधानी काठमाडौंको यो फोहोर तिम्रा आँखाले किन नदेखेको ? राजधानी काठमाडौंलाई कुरूप बनाउने अधिकार तिमीहरूलाई कसले दियो ? जनताकै करबाट पालिएका तिमीहरूलाई जनतामाथि अत्याचार गर्ने अधिकार कसले दियो ?

 

देशको सान राजधानीको किन यस्तो अपमान ? लाज सरम छ्रैन ? काठमाडांैको कलंकी, गाेंगबु, नयाँ बजार, ठमेल, मैतीदेवी, ज्ञानेश्वर, कालोपुल, जोरपाटी, चावहिल, बत्तिसपुतली, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा सडकमै छरप्रस्ट अवस्थामा रहेको फोहोर । कामपाले साउनदेखि घरबाट कुहिने र नकुहिने छुट्याएर राख्नुपर्ने सूचना निकाले पनि फोहोर भने सबै एकै ठाउँमा राखिएको देखिन्छ ।Source : Rajdhani


प्रकाशित : २०७९ श्रावण १७, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर