सुन तोलामा पाँच सयले घट्यो


नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार आठ सय र तेजाबी सुनको मूल्य ९६ हजार तीन सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको जनाएको छ । आज चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
Source: ehimalayatimes

 


प्रकाशित : २०७९ श्रावण २२, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित