पोखराको प्रश्याङमा अग्नि ग्रूपको २ एस सर्भिस सेन्टर सञ्चालन


नेपालका लागि महिन्द्रा फोरह्वीलरको आधिकारिक विक्रेता अग्नि ग्रूपले पोखराको प्रश्याङमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकको सेवालाई दृष्टिगत गर्दै प्रश्याङमा ‘पोखरा अटो वक्र्स’ सञ्चालनमा ल्याएको हो । पोखरा अटो वक्र्स अग्नि गूू्रपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी समेत हो ।

अग्नि ग्रूपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रूपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, बतास समूहका अध्यक्ष आनन्दराज बतास, युगल सिंह लगायतले सोमवार संयुक्त रूपमा उक्त अटो वक्र्सको उद्घाटन गरेका छन् ।Source: Abhiyan 


प्रकाशित : २०७९ श्रावण २४, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित