के हो क्वाँटी ? किन खाइन्छ यो ?


क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा। परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ। ‘क्वाँटि’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाति’ वा ‘क्वाँटि’ को अर्थ तातो सुप भन्ने बुझिन्छ।

क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ । क्वाँटीमा मास, भटमास, चना, मुगी, मस्याङ, ठुलो केराउ, ठुलो सिमि, सानो केराउ समावेश गरिन्छ । क्वाँटीमा शक्ति र श्वाद दुबै हुन्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन पाईन्छ । प्रोटिन मानव शरिरको लागि अति आवश्यक तत्व हो । यसले शरिरका कोसिकाको निर्माण र मर्मतमा महत्वपुर्ण भुमिका खेल्छ ।

क्वाँटी पौष्टिक तत्वको खानी मानिन्छ। यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ। जुन शरीरका लागि आवश्यक  तत्व हुन्। शरीर तन्दुरुस्त राख्न पौष्टिक तत्वको आवश्यकता पर्छ। ती पौष्टिक तत्व विभिन्न खानामा पाइन्छ।

यिनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ। अंकुरित गुडागुडी जनैपूर्णिमा मात्र होइन अघिपछि पनि खान सकिन्छ। बढ्दो उमेरका केटाकेटी र बुढाबुढीलाई थप पौष्टिक तत्वको आवश्यकता बढी हुन्छ।

काठमाडौं उपत्यकाका नेवार समुदायले भने ’ब्याञ्चायात जा नकेगु’अर्थात् भ्यागुतालाई भात खुवाएर पनि मनाउने गर्छन् । सिमीको पातमा भातसँगै नौ थरी गेडागुडीको क्वाँटी पनि हुन्छन् । पातमा भात र क्वाँटी पस्किदिएर भ्यागुताका लागि खेतमा लगेर छोड्ने चलन छ ।

परिवारका कम्तीमा एकजना सदस्य खेतमा पुगेर किसानले भ्यागुतालाई खाना र क्वाँटी दिने गर्छन् । धेरै ठाउँमा खेत हुनेहरू आफूहरू बाँडिएर एक–एक ठाउँमा जाने गर्दछन्। संस्कृतिविद् हरिराम जोशीका अनुसार यो दिनको जात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व हो । रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ ।

खेतमा काम गर्दा जति पनि कीराफट्याङ्ग्राहरू उनीहरूले मार्छन् त्यसको लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन चलेको संस्कृतिविद् जोशी बताउनुहुन्छ ।

यस्तै, संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार समुदायमा यस दिनको महत्व धेरै रहेको छ । नेवार समुदायमा यस दिन नौं थरिको गेडागुडी खाएर, नौ जोर कपडा लगाएर तीर्थ स्नान गरेमा यमलोकमा सुख, शान्ति, समृद्धि प्राप्त हुने, निरोगी हुने, आनन्दले जीवन कट्छ र मोक्क्ष प्राप्त हुनेसमेत मान्यता रहेको छ ।

नेपाली संस्कृतिमा नौं सङ्ख्याको विशेष महत्व छ । संस्कृतिविद् श्रेष्ठका अनुसार खेतमा कीराफटयाङ्ग्रा खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ । रोपाइको समयमा खेतमा जीव खाएर भ्याग्ताले बाली जोगाउने गरेको कारण पनि भ्यागुतालाई असल साथीको रुपमा लिने गरेको उहाँको भनाइ छ ।

“भ्यागुता हाम्रो समाजमा वैद्धिक कालमा भएको गुरुचेला परम्परामा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ”, उहाँ भन्नुहुन्छ, “यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान गुरु भ्यागुतो हो ।”

भ्यागुताबाटै नै पूर्वजहरुले शैक्षिक विद्याको सुरुवात गरेको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ । यसको प्रमाण रिकवेदमा ‘मन्धुक रिचा’मा उल्लेख गरिएको छ । त्यसैले भ्यागुताबाट नै पठनपाठन परम्परमा सुरु भएको मान्न सकिने श्रेष्ठको भनाइ छ ।

यसरी नेवार जातिले वैद्धिक काल अगाडिदेखि नै विभिन्न जात्रा र पर्व मनाउँदै आएको पाइन्छ । जनै पूर्णिमा नेवार क्यालेन्डर अनुसार नवौं महिनामा पर्छ । त्यस कारण यसलाई गुन्पुन्ही भनिन्छ । यसबाहेक क्वाँटी स्वास्थ्यको लागि पनि राम्रो भएको कारण चिसो बढेसँगै क्वाँटी खाने चलन सुरु भएको मानिन्छ ।

यिनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ । अहिले क्वाँटी खाने चलन नेवार समुदायमा मात्रै सीमित छैन । यो गैर नेवार समुदायमा पनि उत्तिकै प्रख्यात भएको छ । यसलाई पौष्टिक आहारका रुपमा समेत लिइन्छ । यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ । जुन शरीरका लागि आवश्यक तत्व हुन् ।

काठमाडौं उपत्यकाका नेवार समुदायले भने ’ब्याञ्चायात जा नकेगु’अर्थात् भ्यागुतालाई भात खुवाएर पनि मनाउने गर्छन् । सिमीको पातमा भातसँगै नौ थरी गेडागुडीको क्वाँटी पनि हुन्छन् । पातमा भात र क्वाँटी पस्किदिएर भ्यागुताका लागि खेतमा लगेर छोड्ने चलन छ ।

परिवारका कम्तीमा एकजना सदस्य खेतमा पुगेर किसानले भ्यागुतालाई खाना र क्वाँटी दिने गर्छन् । धेरै ठाउँमा खेत हुनेहरू आफूहरू बाँडिएर एक–एक ठाउँमा जाने गर्दछन्। संस्कृतिविद् हरिराम जोशीका अनुसार यो दिनको जात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व हो । रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ ।

खेतमा काम गर्दा जति पनि कीराफट्याङ्ग्राहरू उनीहरूले मार्छन् त्यसको लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन चलेको संस्कृतिविद् जोशी बताउनुहुन्छ ।

यस्तै, संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार समुदायमा यस दिनको महत्व धेरै रहेको छ । नेवार समुदायमा यस दिन नौं थरिको गेडागुडी खाएर, नौ जोर कपडा लगाएर तीर्थ स्नान गरेमा यमलोकमा सुख, शान्ति, समृद्धि प्राप्त हुने, निरोगी हुने, आनन्दले जीवन कट्छ र मोक्क्ष प्राप्त हुनेसमेत मान्यता रहेको छ ।

नेपाली संस्कृतिमा नौं सङ्ख्याको विशेष महत्व छ । संस्कृतिविद् श्रेष्ठका अनुसार खेतमा कीराफटयाङ्ग्रा खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ । रोपाइको समयमा खेतमा जीव खाएर भ्याग्ताले बाली जोगाउने गरेको कारण पनि भ्यागुतालाई असल साथीको रुपमा लिने गरेको उहाँको भनाइ छ ।

“भ्यागुता हाम्रो समाजमा वैद्धिक कालमा भएको गुरुचेला परम्परामा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ”, उहाँ भन्नुहुन्छ, “यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान गुरु भ्यागुतो हो ।”

भ्यागुताबाटै नै पूर्वजहरुले शैक्षिक विद्याको सुरुवात गरेको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ । यसको प्रमाण रिकवेदमा ‘मन्धुक रिचा’मा उल्लेख गरिएको छ । त्यसैले भ्यागुताबाट नै पठनपाठन परम्परमा सुरु भएको मान्न सकिने श्रेष्ठको भनाइ छ ।

यसरी नेवार जातिले वैद्धिक काल अगाडिदेखि नै विभिन्न जात्रा र पर्व मनाउँदै आएको पाइन्छ । जनै पूर्णिमा नेवार क्यालेन्डर अनुसार नवौं महिनामा पर्छ । त्यस कारण यसलाई गुन्पुन्ही भनिन्छ । यसबाहेक क्वाँटी स्वास्थ्यको लागि पनि राम्रो भएको कारण चिसो बढेसँगै क्वाँटी खाने चलन सुरु भएको मानिन्छ ।

 


प्रकाशित : २०७९ श्रावण २७, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित