गार्ईजात्रामा गार्ईकै अभाव


गार्ईलाई नगर परिक्रमा गराउँदै र विभिन्न व्यंग्यात्मक प्रदर्शन गर्दै आज शुक्रबार गार्ईजात्रा पर्व मनाइरहँदा गार्ईकै नामबाट रहेको यो जात्रामा गार्ई नै अभाव देखिएको छ ।

जसका कारण धेरै ठाउँमा गाईको साटो मानिसलाई गार्ईको चित्र अंकित तस्बिर टाँगेर नगर घुमाइने तयारी छ । विशेषगरी नेवार समुदायले मनाउने गार्ईजात्रामा गार्ईलाई नगर परिक्रमा गराउने चलन छ ।

गार्ईलाई नगर घुमाउनाले वर्षभर मृत्यु भएका ‘आफन्तको आत्माले मुक्ति पाउँछ’ भन्ने विश्वास छ । तर, बढ्दो सहरीकरण र गाई पाल्ने आकर्षण घट्दै जाँदा मरेका घरबाट गाई नै निकाल्न कठिन हुँदै गएको ताम्राकार समाजका रवीन्द्र ताम्राकारले बताए । उनी पाटनलगायत सहरी क्षेत्रमा यो समस्या विकराल रहेको सुनाउँछन् ।

‘पहिला–पहिला नगर क्षेत्रमा पनि गार्ई पाइन्थ्यो, पछि गाउँबाट मगाएर भए पनि दिवंगतका घरबाट गाई निकालिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त यो सम्भव नभएर मान्छेलाई नै गाई बनाएर निकाल्ने परम्परा बढ्दै गएको छ ।’

दिवंगतको घरबाट गाई या गार्ईको तस्बिर लगाएर हिँड्नेलाई निकालेर नगर घुमाउँदा मृतात्मा यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्ने जनविश्वास छ ।

ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँमा जेनतेन अरूका घरबाट गार्ई मागेर भए पनि निकाल्न थालिएको छ । दुई वर्षअघि ९२ वर्षमा दिवंगत भएकी आमा जगत्माया राजथलाको सम्झनामा घरबाट गाई निकाल्न सकस परेको अनुभव अष्ट राजथलासँग छ । उनले छिमेकीको घरबाट गाई मागेर विधिपूर्वक निकालेका थिए ।

‘गार्ई घरमा छैन, के गर्नु ? संस्कृति धान्नैप¥यो,’ राजथला भन्छन्, ‘घरबाट गार्ई निकालेमा मृतक आत्माले शान्ति पाएर स्वर्गको बाटोमा पुग्ने विश्वास छ ।’

सविन साहीले आप्mनी आमाको सम्झनामा घरबाट ठूलो लैनुगार्ई निकाल्न नपाए पनि सानो बाच्छी नै भए पनि एकैछिन मगाएर अघिल्लो वर्ष नगर घुमाए ।

‘ठूलो गार्ई पाइएन, आप्mनो घरमा छैन,’ उनले भने, ‘एक जना बूढाबाको घरबाट एकैछिन मागेर गाईको बाच्छी ल्याएर काम चलाएका थियौं, कतिले त गार्ई नभएर बालबालिकालाई गार्ई बनाएर घुमाएका छन् ।’

गाईजात्रा व्यंग्यात्मक प्रदर्शन, नाटक तथा लाखेनाच पनि यही दिन देखाउने गरिएको छ । यसपालि पूर्णिमा तिथिमा सूर्योदय भए पनि बिहान साढे ७ पछि भाद्र कृष्ण प्रतिपदा तिथि लाग्ने भएकाले यही दिन मनाउन नेपाल पञ्चांग निर्णायक समितिले आग्रह गर्दै आएको छ ।

गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ । यमलोकको मुख्य ढोका वर्षभर बन्द रहने र पृथ्वीलोकमा गार्ईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने पुराणमा उल्लेख छ ।

जात्राका दिन केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुकुण्डो, पेरुंगाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्छन् । नगर परिक्रमा गर्दा रामायणको करुण रसका गीत र अन्य भजन गाउने चलन छ । दिवंगतका परिवारजनले उनीहरूको सम्झनामा क्वाँटी, स्याउ, नासपाती, काँक्रो बाँढ्ने चलन छ ।

काठमाडौंका तत्कालीन मल्ल राजा प्रताप मल्लले पुत्रवियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाईजात्राको चलन ल्याएको इतिहास छ । ललितपुर पाटनसँगै अन्य सहरमा तथा काठमाडौं वसन्तपुरसहित अन्य स्थानमा गाईजात्रा मनाइँदै छ ।Source :Rajdhani 


प्रकाशित : २०७९ श्रावण २७, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित