शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै फादर रोवी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित


चितवन नारायणगढ स्थित लिटिल फ्लावर स्कुलका प्राचार्य फादर रोवी कु अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन । नेपालको शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै फादर रोवी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन् । अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित एक समारोहमा अमेरिका– भारत एसएमई काउन्सिल अफ अमेरिकाले सो अवार्ड प्रदान गरेको हो । थोमस ई.डर्नोगा, यूएस काउन्सिल प्रतिनिधी यूएस भारतका एसएमईका लागि मूख्य कार्यकारी अधिकारी एलिशा पुलिवार्तीले संयुक्त रुपमा फादर रोवीलाई पदक प्रदान गरेका हुन् ।

 

अमेरिकाबाट दिईएको अवार्ड नेपालको शैक्षिक ईतिहासमा संभवत यो पहिलो अवार्ड हो । ‘यो अवार्ड मेरो व्यक्तिगत र स्कुलको अवार्ड मात्र होइन , यो नेपालकै गौरव र प्रतिष्ठाको विषय पनि हो ।’ वासिंकटन डिसीबाट यसबारे प्रतिक्रिया दिंँदै फादर रोवीले भने, ‘लिटिल फ्लावरको हालसम्मको शैक्षिक ईतिहासमा यो अवार्ड पहिलो पटक पाउंँदा निकै उत्साहित छु । म एक किसिमले उत्साहित त छंँदैछु । अर्को कुरा मैले थप जिम्मेवारी र दायित्व पनि महसुस गरेको छु ।’

फादर रोवी एसएमईकै निमन्त्रणामा झण्डै एक महिना अघिदेखि अमेरिकामा छन । यो अर्वाड विश्वका प्रख्यात शिक्षा क्षेत्र, व्यवसायिक प्रतिष्ठान र सामाजिक सेवामा अग्रस्थानमा रहेर काम गर्ने व्यक्तित्वलाई प्रदान गरिदै आएको छ । शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता र सामाजिक कार्यको मुल्यांकन गर्दै फादर रोवीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
नेपालमै र हालसम्म लिटिल फ्लावरको शैक्षिक ईतिहासमा नारायणगढकै स्कुलले अवार्ड पाउनु महत्वपूर्ण उपलब्धि भएको स्कुलका निर्देशक गोविन्द पौडेलले बताए ।

विगत १२ बर्षदेखि फादर रोवी लिटिल फ्लावर स्कुलमा आवद्ध रही हाल नारायणगढको स्कुलमा प्राचार्यको रुपमा भूमिका निर्वाह गर्दै आएका छन । लिटिल फ्लावर स्कुल चितवनको नीजि विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालयमा पर्दछ । हालैमात्र भएको एसईई नतिजामा यो स्कुलबाट ३दशमलब ६५ जिपिएदेखि ३ दशमलब ९५ पाउने विद्यार्थी २९ जना, ३ दशमलब २ देखि ३दशमलब ६ ल्याएर पास गर्ने ४४ जना , २ दशमलब ८५ देखि ३ दशमलब २० ल्याउने ४० जना विद्यार्थी रहेका छन । परीक्षा दिएका मध्ये सबै विद्यार्थीले नतिजा शतप्रतिशत सफल रहेको पौडेलले जानकारी दिए । अवार्ड प्राप्त गरेसंँगै उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको लागि अमेरिकाको ४ वटा युनिभर्सिटीमा छात्रवृत्तिको लागि सम्झौता भएको पनि पौडलले बताए । हाल यस स्कुलमा दशजोड दुईगरी २ हजार चारसय विद्यार्थी अध्ययनरत छन ।


प्रकाशित : २०७९ श्रावण २७, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित