फिफाद्वारा भारत प्रतिबन्धित, यू १७ महिला विश्वकप नहुने


अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सोमबार अल इन्डियन फुटबल एसोसियसन (एआईएफएफ) लाई तत्काल लागू हुने गरेर प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले भारतलाई प्रतिबन्ध लगाएको जनाएको छ ।

 

फिफाले फुटबल संघमा तेस्रो पक्षको हस्तक्षेपलाई गम्भीर मान्दै त्यसलाई अस्विकार गर्दै आएको छ । एआईएफएफमाथि लागेको यो प्रतिबन्धपछि भारतमा आयोजना तय भएको यू १७ महिला विश्वकप पनि नहुने भएको छ ।

 

प्रतियोगिता यही वर्षको अक्टोबर ११ देखि ३० सम्म हुने कार्यक्रम थियो । फिफाले आफू उच्च भारतीय खेलकुद पदाधिकारीसँग सम्पर्कमा रहेको र चाँडै सकारात्मक नतिजा आउने पनि विश्वास पोखेको छ ।

प्रतिबन्धका कारण भारतमा हुने कुनै पनि घरेलु प्रतियोगितालाई फिफा र एसियाली फुटबल महासंघ (एएफसी) को मान्यता हुने छैन् । यस्तै भारतको राष्ट्रिय टिमले पनि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैन् ।Source : Kantipur 


प्रकाशित : २०७९ श्रावण ३१, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित