विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’


‘सातौं मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले जितेको छन् । काठमाडौंमा शनिबार राती सम्पन्न यो प्रतियोगितामा २६ प्रतियोगितालाई जितेर अधिकारीले महिला र २४ प्रतियोगीलाई जितेर खड्गी पुरुष तर्फ विजेता बनेका हुन् ।

दुबैले उपाधिसँगै ५ लाख बराबराको विभिन्न सामग्रीसँगै १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ र ‘मिस्टर अटुरिजम वल्र्ड’ मा नेपालको तर्फबाट भागलिने अबसर जितेका छन् ।

प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फस्टरनर अप स्मृति श्रेष्ठ र सुरज गोयन्का सेकेन्ड रनर अप घोषित भए ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको आयोजक पक्षले जनाएको छ ।

प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठ मोष्टइस्टाइलिस, विवेक खड्गी र साइच्छा थापा वेष्टपर्सनालिटी, सारा राई र कर्मा तोपग्ये वेष्टवाक, एन्जल राई र उगल लिम्बु मिष्टर एण्ड मिस मल्टिमिडिया, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ पब्लिक च्वाइस, स्मृति श्रेष्ठ र सम्राट प्रताप सिंह मोष्ट फोटोजेनिक घोषित भए । यस्तै मल्लिका फैजु र मौसम देवन राई बेष्ट फिजिक र फिगर, सरन एरिक विलियम्स र मोनिका अधिकारी कर्मसियल मोडल, सुर्य महर्जन र स्तुति श्रेष्ठ मष्ट पपुलर घोषित भए ।Source: Rajdhani 


प्रकाशित : २०७९ श्रावण ३१, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित