नेपालकै सर्वाधिक ठूलो शैक्षिक मेला स्टडी इन नेपाल भदौ १२ र १३ गते


नेपाल उच्च शिक्षा मेला (स्टडी इन नेपाल) को आठौं संस्करण २०७९ भदौ १२ र १३ गते (२८-२९ अगस्ट) काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजना हुने भएको छ । स्वदेशमै गुणस्तरीय उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई स्नातक तहका लागि उपयुक्त शैक्षिक संस्था र विभिन्न कोर्सबारे सम्पूर्ण जानकारी नि:शुल्करूपमा प्रदान गर्ने ध्येयका साथ एजुकेसन डटकमले दुई दिवसीय मेला आयोजना गर्न लागेको हो । मेलामा विशेषगरी व्यवस्थापन, आइटी र सामाजिक विज्ञानसँग सम्बद्ध ५० भन्दा बढी उत्कृष्ट कलेजहरूको सहभागिता रहनेछ ।

वर्तमान परिप्रेक्ष्यमा विश्वसँग प्रतिस्पर्धा गर्न र समयानुकूल अघि बढ्न विदेशी शिक्षा लिनुपर्छ र विदेशमा मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने संस्कारलाई तोड्दै विद्यार्थीहरूलाई स्वदेशमै विशिष्ट शिक्षा लिन मार्गप्रशस्त गर्न मेला आयोजना गरिएको आयोजकले जनाएको छ । मेला विद्यार्थी तथा अभिभावक दुवैका लागि फलदायी हुने आयोजकको दाबी छ ।

Source: Kantipur 

 

 


प्रकाशित : २०७९ भाद्र ८, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित