दुई दशमलव ८६ अंंकले उक्लियो सेयर बजार


सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन एक दशमलव ८५ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन दुई दशमलव ८६ अंकले उकालो लागेर दुई हजार ५७ दशमलव ८४ बिन्दुमा चढेको छ ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव छ अंकले उकालो लागेर तीन सय ९८ दशमलव २९ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् ।

जसबाट ३३ हजार छ सय ५७ पटकको कारोबारमा ३६ लाख ७८ हजार सात सय पाँच कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कारोबार रकम एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार दुई सय १८ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।Source: Arthik


प्रकाशित : २०७९ भाद्र ९, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित