एनआरएनए एशिया प्याशिफिक सम्मेलनको मन्त्री कुँवरद्वारा उदघाटन, एनआरएनएलाई स्वदेशमा लगानी गर्न आग्रह


गैरआवासीय नेपाली संघ एनआरएनएको ९ औँ एशिया क्षेत्रीय सम्मेलन थाईल्याण्डको राजधानी बैककमा शनिबार देखि शुरु भएको छ । बैंककको मिलिनियम हिल्टन होटलमा शनिवार उदघाटन गरिएको सम्मेलनमा समृद्ध राष्ट्रको लागी नेपाली प्रवासीहरुको भूमिका, महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकता लगायतका विषयमा छलफल हुने संघका अध्यक्ष कुल आचार्यले बताए । अध्यक्ष आचार्यले सँस्थामा केही नबिग्रीएको सबै सहमती र सहकार्यका साथ अगाडी बढ्न गैर आवासीय नेपाललाई अनुरोध गरे ।
सम्मेलनमा थाईल्याण्ड, म्यानमार,मलेसिया, सिंगापुरमा रहेका रैथानेहरुले उठाउदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ) को मान्यता पाउनु पर्ने मागलाई जोडतोडका साथ उठाउने तयारी यहाँका नेपाली समुदायले गरेका छन।
सम्मेलनमा भाग लिन नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुंवरले उक्त सम्मेलनको उदघाटन गर्दै गैर आवासीय नेपालीलाई देश विकाशको अभियानमा सहकार्य गर्न आग्रह गर्दै बिदेशमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागी सरकारले कुनै कसुर बाकी नराख्ने बताए ।

 

सम्मेलनमा विशिष्ट अतिथिको रुपमा माननीय सांसद डा. सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री माननीय मणी भद्र कंडेल शर्मा, नेकपा माओवादी केन्द्रका प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेपाल उधोग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एबं सफल ब्यावसायी चन्द्र प्रसाद ढकाल, समावेशी आयोगका सदस्य पुष्पराज तिमल्सीना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगलगाएतको उपास्थिती रहेको थियो ।
एशिया प्याशिफिक सम्मेलनका लागी बिश्वका ३० भन्दा बढी देशका ३०० भन्दा बढी गैरआवासीय नेपाली बैंकक आएका छन । बैंकक सम्मेलनमा एनआरएनए संस्थापक महासचिव भीम उदाष , थाईल्याण्डका लागी नेपाली राजदुत गणेश प्रसाद ढकाल, व्यवसायी राजेन्द्र खेतान,एनआरएन पुर्व अध्यक्ष एबं संरक्षक भवन भट्ट,अध्यक्ष कुल आचार्य,रबिना थापा,डा.बद्री केसी,उपाध्यक्ष आरके शर्मा,महेश श्रेस्ठ,भुषण घिमिरे,धर्मराज अधिकारी,रोविन्द प्रसाद श्रेस्ठ,महिला उपाध्यक्ष बिष्णुमाया परियार,युवा उपाध्यक्ष रोशन थापा,महासचिब केशब शर्मा,उपमहासचिव ओम गरुंग,रामशरण सिंखडा,सचिव खगेन्द्र न्यौपाने, टिका गुरुंग,सह कोषाध्यक्ष नारायण सुवेदी,टंक गैरे,प्रवक्ता शिव कुमार बरुवाल,युवा संयोजक अब्दुल बासिद,एनआरएनए एशिया प्याशिफिक क्षेत्रका संयोजक पारसमणी पोखरेल,डिपी कँडेल,सहसंयोजक नवीन बिक,ददीवाल खड्का,हरी भट्टराई,
एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खाली,एनआरएनए युरोप क्षेत्रिय संयोजक सन्तोष भट्टराई, सह संयोजक ललित कुमार न्यौपाने,एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना,उपाध्यक्ष बिकास शाही,सचिव फडिन्द्र ढकाल,एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,आईसिसि सदस्य पुर्ण पोखरिया,महासचिव पदम गिरी,सचिव रविन मगर,एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा र उपाध्यक्ष राकेश महतो,आईसिसि सदस्य नेत्र केसी,एनआरएनए कोरियाका अध्यक्ष दीपक पुन,आईसिसि सदस्य डा विमल सुवेदी, एनआरएनए सिंगापुरका अध्यक्ष किरन पराजुली,एनआरएनए कम्बोडियाका अध्यक्ष लाल सिंह खड्का,एनआरएनए जापानका अध्यक्ष शिव पौडेललगाएत धेरै गैर आवासीय नेपाली,नेपाली जनप्रगतीशील मंच मध्यपुर्वका अध्यक्ष शनि कुमार ओली,नेपाली जनसंपर्क समिती युएईका सभापती भुवानी प्रसाद तिमल्सिना,नेपाली जनप्रगतीशील मंच युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा,नेपाली जनसंपर्क समिती कतारका सभापती मोहम्मद अजिज अली,विभिन्न राजनितिक दलका नेताहरु,विभिन्न संचारमाध्यमका प्रतिनिधी लगाएतको उल्लेख्य सहभागिता रहेको छ ।
एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहेको एशिया प्याशिफिक क्षेत्रीय संयोजक डिपी कंडेलले बताए। भाईचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ मिलापको अवधारणा अनुरुप यो भेला आयोजना गरिएको जनाए । सम्मेलनमा संघका पूर्वअध्यक्ष भवन भट्टबाहेक अरु पुर्व अध्यक्ष उपस्थित भएनन । सम्मेलनमा एनआरएनएलाई स्वदेशमा लगानी बढाउन सबै अतिथीहरुले आग्रह गरे । सम्मेलनमा उनीहरुले एनआरएनएलाई ढुक्कसँग लगानी गर्ने वातावरण भएकाले नेपालका विविध क्षेत्रमा लगानी बढाउन अनुरोध गरेका थिए ।

 

सम्मेलनको दौरानमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम, गजल तथा हांस्यव्यंग विधामा प्रस्तुती दिने छन ।
सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न हुने छ ।
“मिलाप” लाई मुख्य नारा बनाई शुरु भएको यो कार्यक्रमको मुख्य उद्धेश्य संघका सबै सदस्य बिच सहमती र एकता गराउनु भएको अध्यक्ष आचार्यले बताए । उनका अनुसार सम्मेलनमा आयोजन गरिएका हरेक गतिविधिले मिलापका लागि सबैलाई गरिएको छ । आचार्यले सम्मेलनमा सबैबिच भेटघाट र मिलाप भएको बताए । यो मिलापको पहिलो चरण हो उनले भने । केही साथीहरुको केहि सन्तुष्टी छन् । उनीहरुलाई पनि मिलाएर सँग लैजाने मनसाय रहेको उनले बताए । केही साथीहरुको असन्तुष्टी थियो । त्यो पनि संस्थाको हितको लागि नै राखिएको असन्तुष्टी हो । तर, असन्तुष्टी लिएर बाहिर रहेका साथीहरुलाई पनि सँगै लैजाने छौ । “सबैले मन देखि नै एकता होस भन्ने चाहन्छौ,” उनले भने ।
अध्यक्ष रबिना थापाले दशौ अधिवेशन नै मिलाप भएको बताईन । थाईल्याण्डमा त्यसलाई सेलिब्रेट गर्न आएको उनले दावी गरिन । “कोभिड पछिको यो हाम्रो पहिलो भौतिक उपस्थितीका साथ आयोजना भएको पहिलो कार्यक्रम हो,” उनले भनीन् । त्यसैले पनि हामीले यसलाई मिलापको रुपमा लिएका छौ ।
अर्का अध्यक्ष डा.बद्री केसीले हामीले आफनो व्यक्तिगत भन्दा पनि संस्थाको हितको लागि सोच्न सक्यो भने मिलाप हुने बताए । त्यसको उदाहरण भनेको काठमाडौको सम्मेलन भएको उनले दावी गरे । साथीहरु बिच केही असन्तुष्टी भए पनि त्यसलाई माझेर मिलाप गर्नुपर्ने उनले बताए ।

 

उनले संघको २० बर्षको इतिहास रहेको जनाउदै यो अवधिमा संघले जति धेरै कुरा दिएको छ त्यो अहिले आउँने अन्य संस्थाले दिन नसक्ने दावी गरे । दोस्रो विश्वयुद्ध ताका नै धेरै नेपाली थाईल्याण्ड,म्यानमार,मलेसिया लगाएतका देशमा छन् । उनीहरुले थाईल्याण्डमा नेपाली सँस्कृतिलाई जोगाई रहेका छन । धेरै बर्ष अगाडी नेपालीलाई भुटानबाट लखेटियो । नेपालमा केही समय बसेका शरणार्थी भुटानी पछि अहिले विश्वका विभिन्न मुलुकमा छन् । जसको संख्या एक लाख जति छ । उनीहरु पनि कहि कतै नेपालसँग जोडिन चाहन्छन् । उनीहरुलाई पनि नेपालसँग जोड्नका लागि मिलाप महत्वपूर्ण भएको अध्यक्ष डा.केसीले बताए ।
कार्यक्रममा एनआरएनए प्रवक्ता शिव बरुवालले यो सम्मेलनले ठोस निस्कर्श निकाल्ने जनाउदै कार्यक्रम सफल बनाउन सन्चारमाध्यमको ठुलो भुमिका रहेको बताए । कार्यक्रममा एशिया प्याशिफिक संयोजक पारसमणि पोखरेलले ‘मिलाप’ एकीकरणका लागि यो सम्मेलन सफल भएको दाबी गरे ।

 

 


एशिया प्याशिफिक क्षेत्रिय सचिव प्रदिप न्यौपानेले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । त्यस्तै एनआरएनए थाइल्यान्डका एबं आयोजक देशका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे ।Source: Janasawal 


प्रकाशित : २०७९ भाद्र १२, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित