साग स्वर्णधारी सन्तोषी सम्मानित


नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो ।

सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित गराइदिन आयोजकसँंग अनुरोध गरेकी थिइन् । सन्तोषीले १३औं सागको एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । सोही अवसरमा सिंगापुर गोर्खा पुलिस रेजिमेन्टमा कार्यरत धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेल रत्न सम्मान’ तथा द्रुक अन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।

 

त्यस्तै, ६० वर्षे धावक शम्भुप्रसाद दाहाल, ६७ वर्षे धावक पुष्पलाल श्रेष्ठ, पूर्वधाविका लिना प्रधान, धावक लाक्पा शेर्पा लामा, ओलम्पियन मुकुन्दहरि श्रेष्ठ, भेट्रान धावक धर्म महर्जन, पूर्वधाविका उषा मानन्धर, धावक देव महर्जन र पूर्व खेलाडी नरबहादुर थापा पनि सम्मानित भए ।

त्यसै अवसरमा वरिष्ठ संगीतकार एवं गायक पुष्प गजमेर, गीतकार तथा भुटनिज अमेरिकन म्युजिक एसोसिएसन (बामा) का अध्यक्ष खेम रिजाल, संगीत संयोजक जीवनप्रकाश प्रधान र गायक तथा संगीतकार प्रताप सुब्बालाई पनि सम्मान गरियो ।उनीहरूलाई पूर्वप्रधानमन्त्री झलनाथ खनाल, ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, पूर्वधावक एवं रचनाकार बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच सम्मान गरे ।Source: News of Nepal 


प्रकाशित : २०७९ भाद्र १२, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित