नहुने भयो आज कक्षा १२ को नतिजा सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरे पनि नहुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न आज दिउँसो ३ः३० बजेलाई परीक्षा बोर्डको बैठक बोलाइए पनि बैठक स्थगित भएको छ ।

बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले भन्नुभयो, ‘‘परीक्षा बोर्डको बैठक नबस्ने भयो र अर्को बैठक बस्ने मिति र समय पनि टुङ्गो लागिसकेको छैन ।’’

बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर सूचना प्रवाह गरेकाे थियो ।  सूचना यस प्रकार छ :

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ । Source: Gorkhapatra 


प्रकाशित : २०७९ भाद्र १६, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित