देशका अधिकांश जिल्लामा डेंगु रोगले उग्ररुप लिँदै


१९ घटेर जनजिवन सामान्य हुन नपाउदै देशका अधिकांश जिल्लामा डेंगु रोगले उग्ररुप लिदै गइरहेको छ । । यसै रोगका कारण कैलालीमा एक जना महिलाको ज्यान समेत गएको छ । विगत बर्षको दाजोमा यो बर्ष डेंगुको संक्रमण धेरै गुणा बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड – १९ सँग मिल्दोजुल्दो लक्षण देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परिक्षणका लागि आएका बिरामीमा डेंगु प्रमाणित हुने क्रम बढ्दो रहेको र अस्पतालमा जटिल अवस्थामा पुगेका बिरामीलाई संघन उपचार कक्षमै राख्नुपर्ने अवस्था रहेको र संघन उपचार कक्षको अभाव बढ्दै गएको अस्पतालले जनाएको छ ।

यो साता मात्रै टेकु अस्पतालमा डेंगु संक्रमित बिरामी २ सय ९५ जना भर्ना भएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ को जनवरी देखि शुक्रवारसम्म ७२ जिल्लामा फैलिएको डेंगु भाईरसका कारण २ हजार ८ सय २७ जना बिरामी परेका छन् ।उपत्यकामा ललितपुरमा अत्याधिक मात्रामा संक्रमितहरु देखिएको छ भने काठमाडौ, धादिङ, रुपन्देहीमा पनि संक्रमण बढ्दो क्रममा रहेको छ ।

सतर्कता नअपनाएमा डेंगुले भयानक रुप लिइ धेरैको ज्यान जान सक्ने विशेषज्ञहरुको भनाइ रहेको छ । डेंगु एडिस लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । यतिबेला एडिस नामक लामखुट्टेका प्रजातीहरु बढ्दै गएको पाइएको स्वास्थ्य विज्ञहरुको भनाईछ । कोभिड र लकडाउनले देश बिदेशका विभिन्न क्षेत्रको यात्रा स्थगित गरेका मानिसहरु यतिबेला आफ्नो कार्यक्रमलाई निरन्तरता दिईरहेको अवस्थामा डेंगुको संक्रमण बढेको र मानिसको आवत जावतले अझ डेंगो बडाउन मद्धत गरिरहेको अवस्थामा लामखुट्टे नष्ट गर्ने तर्फ नेपाल सरकार, स्थानिय निकायको ध्यान पुग्नुपर्ने विज्ञहरुको ठम्याईछ ।

एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा चार प्रजाति छन्, जसमध्ये डेंगु भाइरस –१ को संक्रमण बढी रहेको पाईएको टेकू अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँनुहुन्छ ।

डेंगुको उत्पति झण्डै ५ सय देखि १ हजार बर्ष पहिले भएको अनुमान गरिएको र गोरखापत्रले १९६८ साल मार्ग १२ गते शनिवार यो समाचारलाई डंगु शिर्षकमा प्रकाशित गरेको समाचारको क्लिप सहित आफ्नो फेसबुक स्ट्याटसमा राख्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख समेत भैसक्नुभएका डा. बाबुराम मरासिनीले सार्वजनिक गर्नुभएकोछ । उहाँले डेंगुरोग नयाँ होईन यस बिषयमा १९६८ मै समाचार प्रकाशित भैसकेको उल्लेख गर्नुभएकोछ ।

नेपालमा पहिलोपटक सन् २००४ मा देखिएको यो रोग भारि वर्षा, तापक्रम, वायुको आद्रता, सहरीकरण तथा भेक्टरको रोकथाममा असमर्थ हुनु मुख्य रहेको विज्ञहरुको ठम्याईछ । पहलो पटक २००६ मा नेपालमा संक्रमण फैलिएको थियो । त्यस समयमा तराइका चितवन लगायत विभिन्न भागमा ३२ जनामा संक्रमण पुष्टि हुँदा चारवटै प्रजातीका भाइरस भेटिएको थियो ।

पछिल्लो ५ बर्ष यता संक्रमण संख्यामा उल्लेख्य वृद्धि आएको पाइएको छ र झापा, चितवन, रपन्देही महोत्तरी, कास्की, सुनसरी लगायत जिल्लामा बढ्दो संक्रमण रहेको पाइएको छ ।सन् २०१९ मा अहिलेसम्मकै बढि १४ हजार ६सय ६२ संक्रमण देखिएको थियो । त्यतिबेला ७७ मध्ये ६८ जिल्लामा संक्रमित भेटियो । विश्वमा यो रोगका कारण हुने मृत्युदर सरदर वार्षिक १ प्रतिशत भन्दा कम नै रहेको डा.उज्ज्वल न्यौपाने बताउँनुहुन्छ । सन् २०१९ मा नेपालमा यो रोगका कारण ६ जनाले ज्याज गुमाएको डा.न्यौपाने बताउँनुहुन्छ । काठमाडौ उपत्यका डेंगु भेक्टरका लागि अनुकुल नरहेको भएतापनि वढ्दो सहरीकरण, फोहोरको असुरक्षित व्यवस्थापन र जनसंख्याको तीब्र बृद्धिका कारण राजधानीमा पनि १ हजार ५ सय ८३ जनामा संक्रमण भेटिएको डा.न्यौपानेले बताउँनुभयो ।

यो बर्ष जुलाई देखि अगष्टसम्ममै १ हजार ४ सय भन्दा बढी संक्रमण पाइएको छ जुन अघिल्लो बर्षको यो अवधिमा धेरै गुणा बढी भएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ । यो बर्ष पनि अधिकांश संक्रमित काठमाडौ उपत्यकामा धेरै रहेको जनाएकोछ । डेंगुको समयमा नै सचेत भई नियन्त्रण गर्न सकिएन भने कुनैपनि समय यसले महामारीको रुप लिन सक्ने विज्ञहरु बताउँछन् ।

एडिस एजिप्टि नामको लामखुट्टेको पोथी प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्ने चिकित्सक बताउँछन् । भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको सरीरमा फैलिन्छ । रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानिको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अँडा जम्मा गर्छ । यसका अण्डा नीर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीब्र गतिमा बढिरहेको छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रकृया बढाउन सक्छ । एकपटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटि मिल्छ । तसर्थ ४ प्रजातिका भाइरसले एक व्यक्तिमा ४ पटक संक्रमण गर्न सक्छन् ।

डेंगु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन् । जसमा उच्च ज्वरो (१०४ डिग्रि फ्यारेनहाइट) प्रमुख लक्षण हो । साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसि दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, वान्ता आउने, ग्रन्थी सुन्निने हुने चिकित्सकले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनले डेंगुलाई डेंगु र जटिल डेंगुमा विभाजन गरेको छ । सामान्य लक्षण तथा स्वयं सिमित भएर जाने रोगलाई डेंगु भनेको छ र चेतावनीमुलक लक्षण देखिनेलाई जटिल डेंगु भनेको छ । संक्रमणको ३–७ दिनपछिको समयमा ज्वरो कम हुदै गएर चेतावनीमुलक लक्षण देखिन सक्छ । जुन कतिपय घातक हुन सक्छ । यी लक्षणहरुमा धेरै पेट दुख्ने, वान्ता भइरहने, गिंजाबाट रगत बग्ने, पेट तथा छातीमा पानी जम्ने, छटपटि हुने आदी पर्ने उल्लेख गरिएकोछ । डेंगुका कारण आउन सक्ने सम्भावित जटिलतामा डेंगु हेमोरेजिक फिभर, डेंगु सक सिन्ड्रम आदी पर्ने डा. न्यौपानेले उल्लेख गर्नुभएकोछ ।

यी अवस्थामा रगतबाट प्लाज्मा खेर जाने, सजिलै रगत बग्ने, निलडाम बस्ने, तथा रगत बाक्लो भइ विभिन्न अंगमा रगत पुग्न नपाएर अंगहरु खराब हुँदै जाने सम्मको जटिलता हुने उल्लेख गरिएकोछ । यी जटिल संकेत देखिने अवधिलाई क्रिटिकल फेज भनिन्छ । यस्तो २४–४८ घण्टा सम्म हुन सक्ने र यो अवधिमा सरीरमा पानी धेरै जमेमा घातक स्वास प्रश्वासको रोग देखिने गर्छ । त्यस्तै प्लाज्मा वा रगत धेरै खेर गएर कलेजो तथा अन्य अंग फेल हुने तथा हृदयघात समेत हुने सम्भावना हुने र ज्यानै समेत जानसक्ने हुनाले समयमै सचेत हुनुपर्ने चिकित्सकको भनाईछ ।यस्तो लक्षण देखिएका विरामीमा पी.सी.आर. परिक्षण गरेर संक्रमण प्रमाणित गरिन्छ । त्यस्तै संक्रमण फैलिएको अवस्थामा संक्रमणलाई रोकथाम गर्न आर.डि.टि.को पनि प्रयोग गर्न सकिन्छ । डेंगु भाइरसको लागि एन्टीभाइरल औषधीहरु प्रभावकारी नभएको पाइएको छ ।

डेंगुको उपचार गर्न पहिले विभिन्न जानकारी सोधपुछ तथा रगतको जाँच गरिन्छ, संक्रमितको लक्षण र जटिलता अनुमान गरि उपचार बिधिको प्रणाली तय गरिन्छ । यस अन्तर्गत ३ थरिका उपचार प्रणाली छन् । जटिल लक्षण देखिएमा अस्पतालमै राखि उपचार गरिन्छ । जटिल लक्षण देखिएमा आपतकालिन उपचार गर्नुपर्ने हुन्छ । जटिल लक्षण देखिएका बिरामीलाई अस्पतालमा राखि नशाबाट तरल औषधि चलाएर रगतको अवस्था सुधारिन्छ र बेलाबेलामा रगतको जाँच गरिन्छ ।जटिल डेंगुको अवस्थामा धेरै मात्रामा नशाबाट तरल पदार्थको पूर्ति गर्नुका साथै जाँचले अंकित गरेअनुसार रगत प्रत्यारोपण समेत गर्नुपर्ने हुनसक्ने डा. न्यौपानेको भनाईछ ।

डेंगुको रोकथाम गर्न भेक्टर लक्षित उपायहरु अपनाउनु पर्छ । लामखुट्टेको प्रजननमा रोकथाम तथा घरवरपर बसोबास गर्नबाट रोक्ने उपायहरु महत्वपूर्ण छन् । कीटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा कीटनाशक हौषधी छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रेको प्रयोग तथा पानी जम्मा हुने सतहहरु सम्याउने, भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी (लार्भा नासक) औषधीहरु छर्किने, किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपायहरु प्रभावकारी हुने डा.न्यौपाने बताउँनुहुन्छ ।Source: News of Nepal 


प्रकाशित : २०७९ भाद्र १९, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित