लमजुङका १६ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप


लमजुङ जिल्लामा पाँचदेखि ११ वर्षसम्मका १६ हजारभन्दा बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइएको छ ।

विशेष गरि विद्मालयका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भदौ ७ गतेदेखि १२ गतेसम्म पाँच वर्षदेखि ११ वर्षसम्म उमेरका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन भएको थियो ।

जिल्लाको आठ वटै स्थानीय तहका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका १६ हजार पाँच सय २६ बालवालिकालाई कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

पाँच वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार तीन सय ३९ जनालाई फाइजर खोप लगाउन लक्ष्य लिएको थियो । जसमध्ये ८६ प्रतिशत बालवालिकालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

खोप अभियानन्तर्गत ७ गतेदेखि १० गतेसम्म विद्यालयमा खोप केन्द्र राखि खोप लगाइएको थियो भने ११ र १२ गते विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललबालिकालाई वडावडामा रहेको स्वास्थ्य सस्थामार्फत खोप सेवा प्रदान गरिएको थियो ।Source: Sourya Danik 


प्रकाशित : २०७९ भाद्र २०, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित