भारतलाई हराउँदै पाकिस्तानले लियो समूह चरणको बदला


एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मोहमद नवाजले ४२ रन जोड्दा फकर जमानले १५ रन बनाए । कप्तान बाबर आजम १४ रन बनाएर आउट भए।

आसिफ अलीले १६ रन जोडे भने खुस्दिल शाहले अविजित रहदै १४ रन बनाए । भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रबि बोस्नोई र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए । दीपक होडा १६ तथा ऋषव पन्त १४ रनमा आउट हुँदा सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पाण्डय सुन्य रनमा आउट भए ।

रबी बोस्नोई ८ रनमा अविजित रहदा भुवनेश्वर कुमार सुन्य रनमा अविजित रहे । पाकिस्तानका शादब खानले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले ११ विकेट लिए ।

लिग चरणमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । सुपर ४ अन्तर्गत शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्नेछन् ।

भारतले अब मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । सुपर ४ मा श्रीलंका र पाकिस्तानले एक/एक खेल जितेका छन् ।
Source: ehimalayatimes Times 


प्रकाशित : २०७९ भाद्र २०, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर