पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक


नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत निर्धारित मिति भन्दा एक महिना अघि नै सुरु हुन लागेको पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ ।राष्ट्रिय खेलकुद (राखेप) ले आइतबार पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय खेल गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका छ ।

नवौँमा सात प्रदेश, तीन विभाग र एनआरएन गरि ११ टिम सहभागी हुनेछन् । पुरुष क्रिकेटमा पनि ११ वटै टिमले प्रतिस्पर्धा गर्नेछन् । ११ टिमलाई दुई समूहकमा विभाजन गरिएको छ । समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन् । समूह बी मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश एक र एपीएफ छन् ।

प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ ।एनआरएन र सुदूरपश्चिमबीच भदौ २३ गते टीयू मैदानमा उद्घाटन खेल हुनेछ । खेल बिहान सवा ९ बजे सुरु हुनेछ । त्यही दिन टीयू मैदानमा बागमती र प्रदेश एकबीच खेल हुनेछ । दोस्रो खेल सवा १ बजे सुरु हुनेछ । यस्तै मुलपानी मैदानमा मधेश र गण्डकी तथा लुम्बिनी र कर्णालीबीच पहिलो दिन खेल हुनेछ । दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल भदौ ३१ गते हुनेछ ।Source: Sourya Dainik 


प्रकाशित : २०७९ भाद्र २१, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित