१२ अंकले ओर्लियो सेयर बजार


सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन २१ दशमलव १६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने ११ दशमलव ९७ अंकले ओरालो लागेर १९ सय ३९ दशमलव ८८ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव सात अंकले ओरालो लागेर तीन सय ७७ दशमलव ३८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २० हजार चार सय ५२ पटकको कारोबारमा २९ लाख ४३ हजार सात सय ६९ कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा कुल सेयर कारोबार रकम ८२ करोड ६२ लाख ३० हजार पाँच सय ८३ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव ११ अंकले उकालो लागेर १४ दशमलव २२ बिन्दुमा चढेको छ भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।Source: Arthik 


प्रकाशित : २०७९ भाद्र २३, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित