नेपालले एक महान् प्रशंसक गुमाएको छ: प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उहाँको निधनको खबर पाउँदा आफूलाई धेरै दुःख लागेको बताउनु भएको छ ।

ट्विटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली जनताले रानीलाई मायापूर्वक सम्झन्छन् भन्नुभएको छ ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘‘उहाँको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको छ, म राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’’

रानी एलिजाबेथ द्वितीयले सन १९६१ र १९८६ मा दुई पटक नेपालको औपचारिक राजकीय भ्रमण गर्नुभएको थियो । त्यसैले नेपाल र नेपाली जनताले रानी एलिजाबेथलाई नेपालमा मायापूर्वक सम्झिने गरिएको प्रधानमन्त्रीको सन्देशमा समावेश छ । रानीको बिहीबार ९१ वर्षको उमेरमा निधन भएको थियो । उहाँले बेलायतमा सबैभन्दा लामो ७० वर्ष राजकाज सम्हाल्नु भएको थियो ।Source: Gorkhapatra 


प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित