आगामी निर्वाचनका लागि दर्जन व्यवसायी उम्मेदवार सिफारिस


करिब एक दर्जन बढी वैदेशिक रोजगार व्यवसायीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि हालसम्म आफ्नो उम्मेदवारी प्रस्तुत गरिसेकाका छन् । इच्छुकमध्ये अधिकांशको आकांक्षा प्रदेशसभा र थोरै व्यवसायीको मात्र प्रतिनिधिसभाका लागि देखिएको छ । स्थानीय तहमा प्रतिस्पर्धा नगरेका व्यवसायीहरूले पार्टीमा गरेको योगदान, त्याग र भविष्यमा राष्ट्रका लागि गर्न सक्ने योगदानका आधारमा आफ्नो उम्मेदवारी प्रस्तुत गरिरहेका छन् ।

 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक खगोल ओभरसिज प्रा.लि.का सञ्चालक विमलप्रसाद ढकाल नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ (ख) बाट लुम्बिनी प्रदेशभा सदस्यमा उम्मेदवार सिफारिस भएका छन्  । उनी पार्टीको महाधिवेशन प्रतिनिधि पनि हुन् । नेपाली  कांग्रेसका महाधिवेशन प्रतिनिधि कञ्चन ह्युमन रिसोर्स सर्भिसेज प्रा.लि.का सञ्चालक किरण किशोर घिमिरे दाङ जिल्लाको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य पदको  उम्मेदवार सिफारिस भएका छन् ।

 

नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष कान्तिपुर म्यानपावरका सञ्चालक धनलाल जैसी म्याग्दीबाट गण्डकी प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएको बताइएको छ । मञ्चका महासचिव आकृति रिक्रुटमेन्ट प्रा.लि.का कुन्छा दोर्जे डिम्दोङ्ग प्रतिनिधिसभाको समानुपातिकतर्फवउम्मेदवार सिफारिस भएका छन् ।

 

यसैगरी रियाज एण्ड फराह ओभरसिज प्रा.लि.का सञ्चालक नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मित्रदेव घिमिरे (गोपाल) कपिलवस्तु निर्वाचन क्षेत्र नं १ (ख) बाट लुम्बिनी प्रदेशसभामा सिफारिस भएका छन् । उता संघका पूर्वअध्यक्ष स्काई ओभरसिज प्रा.लि.का सञ्चालक बलबहादुर तामाङ नेपाली कांग्रेसका तर्फबाट ताप्लेजुङबाट प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् ।

 

लक्की एच आर सोलुसन प्रा.लि.का सञ्चालक ऋषिप्रसाद शर्मालाई सुर्खेत निर्वाचन क्षेत्र नं. १ प्रदेश (ख) बाट नेपाली कांग्रेसले प्रदेशसभा सदस्य उम्मेदवार बनाउन सिफारिस गरेको छ । त्यस्तै युवा व्यवसायी अनिल बोगटी नेकपा एकीकृत समाजवादी पार्टीबाट संघीय सांसदका लागि समानुपातिकतर्फ सिफारिस भएका छन् ।

 

त्यस्तै व्यवसायी  त्रिलोक विश्वकर्मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक तर्फ म्याग्दी जिल्लाबाट सिफारिस भएका छन् । नेकपा एमालेका तर्फबाट ताप्लेजुङको प्रदेश निर्वाचन क्षेत्र ‘ख’बाट चित्रगुप्त साँवा लिम्बू, त्रिवेणी चेम्जोङको उम्मीदवारी सिफारिश भएको छ

 

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुने तालिका सार्वजनिक गरेको छ ।Source : Madhyanaha 


प्रकाशित : २०७९ भाद्र २६, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित