राष्ट्रियसभाको बैठक बुधबारका लागि सर्‍यो


राष्ट्रिय सभाको आइतबार १ बजे बस्ने पूर्व निर्धारित बैठक विशेष कारणवश स्थगित भएको छ ।

एक सूचना जारी गर्दै राष्ट्रिय सभाका सदस्य राजेन्द्र फुँयालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो जानकारी गराइएको हो ।

उहाँका अनुसार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्काे बैठक भदौ २९ गते बुधबार विहान ११ बजे बस्नेछ ।Source: Gorkhapatra 


प्रकाशित : २०७९ भाद्र २६, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित