पहिरोका कारण विभिन्न सडक अवरुद्ध


पहिरोका कारण पाँचथर, लमजुङ र म्याग्दीका विभिन्न सडक अवरुद्ध भएका छन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका-२ काबेलीस्थित मेची राजमार्गमा गएराति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ सिमलचौरस्थित बेसीशहर-मनाङ जाने वैकल्पिक बाटोमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ गुईठेस्थित बेनी जोमसोम सडकमा सोमबार राति पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै सोही पहिरोका कारण मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको बा.१३ च ४४४४ नम्बरको स्कारपियो गाडी आंशिक रुपमा क्षति पुगेको छ ।

यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्सेस्थित बेनी-जोमसोम सडकमा सोमबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
Source: ehimalayatimes.com


प्रकाशित : २०७९ भाद्र २८, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित