मायाँ रोपे मायाँ फल्छ भन्दै आए मदनकृष्ण श्रेष्ठ


अग्रज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले यतीबेला आफ्नो स्वरमा नयाँ गीत ‘माया रोपे माया फल्छ…’ श्रोता दर्शकमाझ ल्याएका छन् । अभिनयसँगै गायनमा पनि सक्रिय रहँदै आएका मदनकृष्णको यो गीत पनि निकै माधुर्य बनेको छ । गीतको भिडियो ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हास्यब्यँग्य अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो यो गीतको म्युजिक भिडियोमा अभिनय पनि आफैंले गरेका छन् । भिडियोमा उनलाई निक शर्मा, रिचा थापा तथा बाल कलाकार अर्नव घिमिरेले साथ दिएका छन् ।

यो गीतलाई प्रमोद भट्टराई ‘प्रतिक’ले लेखेका हुन् । यो गीतलाई कृति न्यौपाने (दिवाकर शर्मा) ले संगीत गरेका छन् । पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन् । भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । पारिवारिक जीवनशैली झल्किने यो गीतको म्युजिक भिडियोमा कलाकार श्रेष्ठले जीवन्त अभिनय गरेका छन् ।

यो गीतको भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले भिडियोमा एउटा पारिवारिक कथावस्तुलाई समावेश गरेका छन् । उत्सव दाहालको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको यो भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ ।Source: Rajdhani


प्रकाशित : २०७९ भाद्र २८, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित