डेंगुले महामारीको रूप लिँदै


महामारीका रूपमा देशभर डेंगु फैलिरहँदा सरकार भने संक्रमण नियन्त्रणमा उदासीन देखिएको छ । देशभर हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमण देखिसकेको अवस्थामा २१ जनाको मृत्यु भइसकेको छ ।

दैनिक डेंगु संक्रमणसँगै मृत्यु हुने दरसमेत बढिरहेको छ तर सरकारले डेंगुलाई ‘राष्ट्रिय प्रकोप’का रूपमा घोषणा गर्न ढिलाइ गरेको छ ।

१७५९४ मा संक्रमण, २१ को मृत्यु

पछिल्लो समय देशको ७५ जिल्लामा संक्रमण बढ्दै जान थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

सरकारले विज्ञको सुझाव मानेर तत्काल निर्णय गर्नुको साटो अझै पनि स्वास्थ्य मन्त्रालय पर्ख र हेरको रणनीतिमा छ । नियन्त्रणका लागि ¥यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको छ ।

संक्रमणदर दैनिक बढिरह“दासमेत सरकार जनस्वास्थ्यप्रति भन्दा पनि चुनावकेन्द्रित हुँदा डेंगु महामारीको रूप लिने क्रममा छ ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार नेपालमा डेंगु संक्रमणको दर जुलाईमा थोरै मात्रामा देखिए पनि बिस्तारै गति लिँदै जाँदा सेप्टेम्बरमा धेरै बढेको हो ।

पछिल्लो समय मुलुकमै सबैभन्दा बढी डेंगु संक्रमित काठमाडौंमा देखिएको छ, त्यसमा पनि काठमाडौं महानगरपालिकामा संक्रमण धेरै रहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार हालसम्म ललितपुरमा ४ हजार ८ सय ८७ जना, काठमाडौंमा ४ हजार ६ सय ७४ जनामा डेंगु संक्रमण देखिएको छ । सेप्टेम्बरको तथ्यांक हेर्दा, ललितपुरभन्दा काठमाडौंमा संक्रमणदर बढेको छ ।

त्यस्तै, मकवानपुरमा १ हजार ६ सय १० जना, दाङमा १ हजार १ सय ४९ जना, भक्तपुरमा ७ सय १३ जना, रूपन्देहीमा ६ सय ७९ जना र चितवनमा ४ सय २९ जनामा डेंगु संक्रमण देखिसकेको छ ।

‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न विज्ञको सुझावमा सरकार उदासीन

नेपालमा पहिलोपटक डंगुमा संक्रमण सन् २००४ मा पहिलोपटक चितवनमा फेला परेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगु संक्रमण देखिँदै आएको छ । त्यसपछि सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो ।

त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो ।

चिकित्सकका अनुसार हल्कादेखि उच्च ज्वरो आउने, मांसपेशीहरू अत्यधिक दुख्ने, टाउको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने थकान र बेचैनी हुने, र जोर्नी दुख्ने यो संक्रमणका मुख्य लक्षण हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।

चिकित्सकका अनुसार टोक्ने लामखुट्टेले संक्रमण सारेको भए टोकाइको ५ देखि ७ दिनमा यसको लक्षण देखा पर्न थाल्छ ।

पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु नियन्त्रणका लागि पानी जम्नसक्ने खाल्डो, गमला, पूmलदानी, पुराना टायर आदिजस्ता ठाउँमा पानी जम्न नदिने, घर ’round सरसफाइ राख्ने, शरीर पुरै ढाक्ने कपडा लगाउने, राति सुत्दा झुल वा धुपको प्रयोग गर्ने आदि सुरक्षाका उपाय अपनाउन सकिन्छ ।

डेंगु भाइरस फैलाउने दुई प्रकारका लामखुट्टेलाई एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस भनिन्छ । यी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र ’round पाइन्छ ।

लामखुट्टेले डेंगु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ ।

डेंगु ज्वरो चार प्रकारका डेंगु भाइरसमध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिको ’round बसेर डेंगु ज्वरो आउन सक्दैन, बरु लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो सर्छ ।

डेंगु ज्वरोबाट निको भएपछि तपाईंलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेंगु ज्वरो भाइरस प्रकारमा हुँदैन । यसको मतलब तपाईं भविष्यमा अन्य तीन भाइरस प्रकारमध्ये एकद्वारा फेरि संक्रमित हुनसक्ने सम्भावना हुनसक्छ ।

दोस्रो, तेस्रो वा चौथोपटक डेंगु ज्वरो आएमा गम्भीर डेंगु ज्वरो आउने खतरा बढ्छ । त्यसैले, हामी डेंगु ज्वरोका ’boutमा सतर्क रहन जरुरी छ ।Source : Rajdhani 


प्रकाशित : २०७९ आश्विन ५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर