नेपालमै पहिलो पटक ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता


नेपालमै पहिलो पटक लायन्स कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता गर्ने भएको छ । क्लवले पत्रकार सम्मेलन गरि साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । जिल्लाको वाणगंगा नगरपालिका स्थित राजापानीमा रहेको पोखरीमा हुने प्रतियोगिता नेपालमै पहिलो पटक संचालन गर्न लागिएको आयोजकको दाबी छ ।

पोखरीमा खेल्ने खेल भएकाले सबैलाई सहज हुने गरी पोखरीमा पानिको सतह ४ फिट मात्र हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहानेहरुको लागि आबेदन खुला गरिएको क्लवका अध्यक्ष राम सुभागे थारुले बताए । एकजना सहभागीको रजिष्ट्रेजन शुल्क १५ सय लाग्ने र टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन आयोजकले गर्ने अध्यक्ष थारुले बताए । प्रतियोगिता सुरक्षाका हिसाबले पनि चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्ससंगै सिएण्डसि अस्पतालसंग पनि सहकार्य गरिएको बताए ।

१२ गतेसम्म रजिष्ट्रेसन फर्म खुला गरिएको भन्दै जुनसुकै जिल्लाका ब्यक्ती पनि सहभागी हुन पाउने बताए ।विभिन्न सामाजिक काममा सक्रिय लायन्स क्लवले खेल क्षेत्रमा पनि केहि गरौ भनेर यो प्रतियोगिता आयोजना गर्न लागेको क्लवका सहसचिव रामप्रसाद भुसालले बताए। प्रतियोगिताले कपिलवस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने उनको विश्वास छ। असोज १५ गते विहान १० बजेबाट राजापानीमा सुरु हुने प्रतियोगिता दर्शकले निशुल्क रुपमा हेर्न पाउने छन भने प्रतियोगितामा २ सय ५० भन्दा बढीलाई सहभागी गराउन नसकिने भुसालले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुनेले १५ हजार र सान्त्वना हुनेले स्मार्ट वाच प्राप्त गर्नेछन् ।Source : Rajdhani 


प्रकाशित : २०७९ आश्विन ९, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित