चुलिँदै देउवाको एकाधिकार समानुपातिक बन्द सूचीमा कोइराला समूहका १३ जना


नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो । शनिबार मात्रै संस्थापन इतका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक भएको छ ।

आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला समूहले आगामी चुनावमा सम्मानजन उपस्थिति खोजेको छ । पार्टीभित्र न्याय र समानताका लागि भन्दै संघर्षका कार्यक्रम तय गरेको कोइराला समूहलाई चित्त बुझाउनतिर ध्यान नदिएर गठबनधनका नाममा ‘प्रचण्ड’ माधव नेपालसँग घाँटी जोडेको देउवामाथि नेताहरूले आरोप लगाएका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीभित्र एकाधिकारवाद झाँगिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले लाखौं नेता कार्यकर्ताको संघर्षबाट लोकतन्त्र ल्याएका हौं । तर देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीका सभापतिबाट गैरलोकतान्त्रिक चरित्र देखिएको छ, यसलाइ सच्याइनुपर्छ ।’Source: News of Nepal 


प्रकाशित : २०७९ आश्विन १०, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित