इतिहासकै उच्च अमेरिकी डलरको भाउ


अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ ।

यो दिन युरोपियन युरो एकको खरिदमा १२५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२६ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १३९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४० रुपैयाँ ५२ पैसा रहेको छ ।
Source: ehimalayatimes.com


प्रकाशित : २०७९ आश्विन ११, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित