अमेरिकी सहायकमन्त्री एलिजाबेथ आज नेपाल आउँदै


अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी टुडो आज (बुधबार) नेपाल आउँदै हुनुहुन्छ । उहाँ नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको बाह्र दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा उहाँको सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्वसहभागीसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयक कार्यक्रममा पनि उहाँको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ ।

त्यसबाहेक उहाँको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूतको कोष (एम्बास्डर्स फन्ड फर कल्चरल प्रिजर्भेसन)को पनि स्थलगत भ्रमणमा जाने कार्यक्रम रहेको जनाइएको छ ।
Source: ehimalayatimes.com 


प्रकाशित : २०७९ आश्विन १२, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित