बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा


बलिउड अभिनेत्री भाग्यश्री काठमाडौं आउनुभएको छ । नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाका अनुसार उहाँ आइतबार साँझ काठमाडौं आउनुभएको हो । भाग्यश्री केका लागि आएको र कति दिन बस्ने भन्ने विषयमा आफूलाई जानकारी नभएको थापाले बताउनुभयो ।

चलचित्र ‘मैंने प्यार किया’बाट सन् १९८९ मा बलिउडमा डेब्यु गर्नुभएकी भाग्यश्री सोही चलचित्रबाट चर्चित बन्नुभएको थियो । उहाँले केही भारतीय टेलिभिजन सिरिजसमेत निर्देशन गर्नुभएको छ ।
Source: ehimalayatimes.com


प्रकाशित : २०७९ आश्विन २५, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित