पहाडी भेगमा आंशिक बदली, देशका बाँकी स्थानमा मौसम सफा


हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ।

बुधबार बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
Source: ehimalayatimes.com


प्रकाशित : २०७९ कार्तिक २, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित