भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा


यस वर्ष भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेट जाँदा रहेको छ ।नेपाल पञ्चांग निर्णायक समितिले बुधबार भाइटीकाको शुभसाइतसहित अन्य तिहारका अन्य महत्वपूर्ण दिनबारे जानकारी गराएको हो । समितका अनुसार तिहार पर्वसँग सम्बन्धित दिन तथा शुभसाइतहरू :

१) २०७९ कात्तिक ५ गते, शनिबार — यमदीपदान, धनत्रयोदशी (धन्तेरस)

२) २०७९ कात्तिक ६ गते, आइतबार — काकबली (कागतिहार), धन्वन्तरी जयन्ती

३) २०७९ कात्तिक ७ गते, सोमबार — कुकुरतिहार नरकचतुर्दशी, विहान झिसमिसेमा तेल लगाएर नुहाउने, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि

४) २०७९ कात्तिक ८ गते, मंगल — गाईपूजा

५) २०७९ कात्तिक ९ गते, बुधबार — गोवर्द्धनपूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरुपूजा, ने.सं. ११४३ प्रारम्भ

६) २०७९ कात्तिक १० गते, बिहीबार — यमद्वितीया भाइटीका (किजापूजा), विहान ११ः३७ बजे (उत्तर मोहडा)Source : janasawal


प्रकाशित : २०७९ कार्तिक ३, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित