एकैदिन तोलमा ६ सय रुपियाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?


साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

बिहीबार प्रतितोला ९३ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुन शुक्रबार तोलामा ६ सय रुपियाँले घटेर ९२ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार रुपियाँ रहेको छ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी तोलामा एक हजार १७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित : २०७९ कार्तिक ४, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित