गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना


हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

शुक्रबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
Source : himalayatimes.com 


प्रकाशित : २०७९ कार्तिक ४, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित