रु. ५० हजार जित्नुहोस् नेपाल निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको टिकटक भिडियो बनाई


निर्वाचन आयोग, नेपाल निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाका लागि टिकटक भिडियो बनाउनुहोस, रु. ५० हजार जित्नुहोस

संवत् २०७९ साल मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित रही १ मिनेट सम्मको टिकटक भिडियो बनाई यही कात्तिक ५ गतेदेखि कात्तिक १५ गतेसम्म आयोगको इमेल ठेगानमा tiktok@ecn.gov.np मा पठाउनुहोस् । प्राप्तमध्ये उत्कृष्ट ५ भिडियोलाई आयोगको तर्फबाट जनही रु. ५० हजारका दरले पुरस्कृत गरिनेछ ।

सर्तहरू :

१. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ।

२. भिडियो संवादमूलक, सन्देशमूलक हुनुपर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।

३. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषय वस्तुहरूमा आधारित हुनुपर्नेछ ।

| ४. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्त्व, मतपत्रमा छाप लगाउने सही तरिका,

निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी लगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।

५. कुनै एक व्यक्तिले एउटा विषयमा पाँच वटासम्म भिडियो पठाउन सकिनेछ । साथै दुई वा दुईभन्दा बढी ___व्यक्ति समावेश भएर निर्माण गरिएको पाँच वटासम्म भिडियो स्वीकार गरिनेछ।

६. प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यबाट प्रचार प्रसार र प्रसारणको निम्ति उपयोग गर्नेछ।

७. तोकिएका सर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिनेछैन ।

८. उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ ।

९. उत्कृष्ट भिडियोहरू मध्ये छनोट समितिको सिफारिसमा रु.५०,०००।- (पचास हजार) पुरस्कार र प्रशंसा पत्र प्रदान गरिनेछ । |

१०. भिडियो २० सेकेन्डदेखि १ मिनेट सम्मको भएमा मात्र मूल्याङ्कनमा समावेश गरिनेछ ।

११. आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटक निर्माण गर्न सकिनेछ।

 


प्रकाशित : २०७९ कार्तिक १३, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित