आजदेखि सेयर कारोबार पुनः सुरु


 एक सातादेखि बन्द रहेको सेयर कारोबार आजबाट खुला हुने भएको छ ।

तिहार तथा छठको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएकाले कात्तिक ७ गतेदेखि सेयर बजार बन्द थियो । कात्तिक ६ गते अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सुरु हुनेछ ।

तिहारअघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो ।


प्रकाशित : २०७९ कार्तिक १४, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित