पीएम कप क्रिकेटमा आज २ वटा खेल हुँदै


पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलबार २ वटा खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने खेलमा प्रदेश-१ र बागमती प्रदेशबीच खेल हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ । प्रदेश-१ र बागमती पहिलो जितको खोजीमा हुने छन् । पहिलो खेलमा दुबै टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० मा सुरु हुनेछ । एपीएफ लगातार दोस्रो जितको खोजीमा हुनेछ । सुदुरपश्चिम पहिलो जितको योजनामा रहेको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।

समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।Source: Nepal Top


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित