आठ घण्टासम्म किन बन्द भयो इन्स्टाग्राम ?


प्राविधिक समस्याका कारण इन्स्टाग्राम अकाउन्ट करिब आठ घण्टासम्म बन्द भएको छ । इन्स्टाग्रामले सूचना जारी गरी अहिले समस्याको समाधान भइसकेको जनाएको छ ।

विश्वभरबाट इन्स्टाग्राम अकाउन्ट नचलेको र फलोअर्स घटेको गुनासो आएको थियो । तर के कारणले यस्तो भयो भन्ने अन्यौल थियो । इन्स्टाग्रामले पनि समस्या पत्ता लगाउने र समाधान गर्ने कोसिस भइरहेको जानकारी दिएको थियो ।

आज बिहान भने उसले माफी नै मागेको छ र समस्याको समाधान गरिसकेको जनाएको छ । ‘हामीले अहिले यो समस्याको समाधान गरेका छौं । यसबाट विश्वका विभिन्न भागहरुमा मानिसहरुलाई आफ्नो खाताको पहुँचमा पुग्न समस्या भएको थियो, माफ गर्नुहोला’ इन्स्टाग्रामले भनेको छ ।

तर अझै पनि धेरैले आफ्नो अकाउन्ट बन्द नै रहेको कमेन्ट गरेका छन् ।

 


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित