पहाडी क्षेत्रमा वर्षाको सम्भावना


मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । राति गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनीका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू९भागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने ठानिएको छ ।Source :ehimalaya Times


प्रकाशित : २०७९ कार्तिक २०, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित