
मतपेटिकामा आगजनी भएको पूर्वी नवलपरासीको झांक्रे मतदान केन्द्रमा सोमबार मतदान हुने भएको छ । आइतबार बेलुका बसेको सर्वपक्षीय बैठकले मतपेटिका जलेको प्रदेश समानुपातिकतर्फको मतदान पुनः गर्ने निर्णय गरेको हो ।
कुल ९ सय ८० मतदाता रहेको देवचुली ४ झांक्रेस्थित शान्ति सिर्जना आधारभूत विद्यालय केन्द्रमा मतदाता नारायण भण्डारीले मतपेटिकामा बडिलोसन हालेर भागेको बताइएको छ । पूर्वी नवलपरासी क्षेत्र नं १ प्रदेश (क) अन्तर्गतको समानुपातिक तर्फको मत खसाल्दै गर्दा भण्डारीले सुटुक्क बडिलोसन खन्याएपछि मतपेटिकाबाट धुँवा छुटेको बताइन्छ ।