
चैत २९, काभ्रे । काभ्रेको पनौती नगरपालिका ११ बल्थलीमा ९० वर्षकी वृद्धा कान्छी थापाको हत्या भएको छ ।
उनको धारिलो हतियार प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहराले जानकारी दिए । बोहराका अनुसार हत्या आरोपमा उनका ५२ वर्षका छोरा विश्व थापा पक्राउ परेका छन् । विश्वमा मानसिक समस्या रहेको बुझिन आएको र घटनाबारे थप अनुसन्धान भइरहेको बोहराले बताए । source;onlinekhabar.com
प्रकाशित : २०७९ चैत्र २९, बुधबार
प्रतिक्रिया