सहयोगको नाममा २६ दिने बालिकाको अस्पतालबाटै चोरी


काभ्रे, फाल्गुन ११

काभ्रेको चौर देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा अपरिचित महिलाद्वारा चोरी भएको छ । काठमाडौँको थापाथली प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी बालिकाको चोरी भएको हो । चोरीमा संलग्न आरोपीको खोजीमा जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपीको नेतृत्वमा टिम परिचालन गरिएको छ । सहयोग को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् । एकैछिन लिने बहानाले चोरेर फरार महिला र बालिकाको तिब्र गतिमा खाजी भैरहेको छ ।

 


प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित