गल्ती गर्नेलाई बाँच्ने अधिकार छैन;रवि लामछाने


काठमाडौं, असार ३० गते । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्। आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सो कुरा बताए।

उनले आफ्नो  धेरै आलोचना भएको र प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभावमा परेको भए अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताएका छन। उनले  आफूले सरुवा र बढुवा कुनै व्यक्तिविशेषलाई हेरेर नगरेको पनि बताउए ।

गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने उनले  बताउए । सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भए पनि राज्यका सुरक्षा निकायको गोपनियतालाई मध्यनजर गरी सार्वजनिक नगरेको पनि जनाए । उनले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताउए ।

सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी गर्दै उनले कैयौँ विषयहरु भगबण्डामा टुङ्गिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताएका छन। दुई ठूला राजनीतिक दलहरु एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतीपूर्ण कुरा भएको बताउदै आज उनले मन्त्रालयबाट बाहिर निस्किदै बताए।


प्रकाशित : २०८१ असार ३०, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित