“नेपाली कांग्रेसको मन्त्रिमण्डलमा ६ जना मन्त्रीको नाम घोषणा, इतर समूह छलफलमा”


काठमाडौं ३१ असार : नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रिमण्डलका नाम टुंगो लगाएको छ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका पक्षबाट सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ मन्त्रीको नाम फाइनल गरेका छन् ।

आधिकारिक अधिसूचना अनुसार, शहरी विकास मन्त्रालयमा प्रकाशमान सिंह, गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्र मन्त्रालयमा आरजु देउवा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अजय चौरसिया, ऊर्जा तथा सिंचाई मन्त्रालयमा दीपक खड्का, वन तथा वातावरण मन्त्रालयमा ऐनबहादुर शाही राखिएको छ ।

नेपाली कांग्रेसका आधिकारिक स्रोतका अनुसार, संस्थापन इतर समूहसँग ३ जनाको नाममा पनि मन्त्री चयन गर्ने तयारी भएको छ। तथापि, डा. शेखर कोइराला पक्षबाट चार मन्त्रालय पाउनुपर्ने भन्दै कांग्रेसको मन्त्री चयनको अन्तिम नामावली तयार भएको अझै नभएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेपछि पनि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्, तर कांग्रेसले आफ्नो भागमा परेका सबै मन्त्रीको नाममा सहमति जुटाउन अझै सफल भएको छैन । नेकपा एमालेका अनुसार, उनीहरूले सरकारमा जाने मन्त्रीको नाममा लगभग टुंगो लगाएको छ।

 


प्रकाशित : २०८१ असार ३१, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित