मनकामना केबलकारको सेवा असार ३१ गतेदेखि ५० दिनको लागि बन्द


काठमाडौँ, ३१ असार: नेपालको पहिलो केबलकार ‘मनकामना केबलकार’ असार ३१ गतेबाट ५० दिनको लागि बन्द भएको छ। नियमित मर्मत सम्भार गर्न पर्ने कारणले यसको लागि निर्णय गरिएको हो।

मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले बताएका अनुसार, डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्य हुने भएकाले केहि समय केवलकार बन्द गरिएको बताउनु भयो । यसको परिणामस्वरूप मनकामना केबलकारले असार ३१ गतेदेखि भदौ २० गते सम्म बन्द रहने घोषणा गरेको हो।

मनकामना केबलकारले यात्रुलाई अगाडि सूचना निकालेर यात्रुलाई अवगत गराउँछ भन्ने जनाकारी प्राप्त भएको छ। यस्तै, सुरक्षा र सेवाको सुधारका लागि पनि प्राधिकरणले प्रयास गरिरहेको बताइएको छ।

गत २६ वर्षदेखि मनकामना मन्दिरमा जडित प्रविधिलाई प्रतिस्थापना गरी अहिलेको आधुनिक प्रविधि ल्याएर स्तरोन्नति गर्ने काम गरिरहेको यस बाटोमा समेत जनाइएको छ।


प्रकाशित : २०८१ असार ३१, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित